‘हिंजो नेवार, मगर, थारु एउटै कुलका थिए’

Read Time:5 Minute, 14 Second

डा. केशवमान शाक्य

मंसिर ११, काठमाण्डौ
नेपाल मगर बौद्ध सेवा समाज र नेपाल मगर महिला संघ केन्द्रीय समितिको संयुक्त आयोजनामा राष्ट्रिय जनगणना २०६८ सचेतना अभियान अन्तर्गत ‘नेपालमा मगर समाज र बुद्ध धर्म’ विषयक अन्तक्र्रिया कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष क्या. देउबहादुर राना मगरको अध्यक्षतामा सम्पन्न भयो ।

सो कार्यक्रममा स्वागत एवं कार्यक्रमको उद्देश्य नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष गंगा खासु मगरले प्रष्टयाएकाथिए भने अवधारणापत्र नेपाल मगर संघका भूपू अध्यक्ष एवं मन्त्री  गोरेबहादुर खपाङ्गी मगरले प्रस्तुत गरेकाथिए । नेपाल मगर महिला संघका महासचिव पूर्णमाया थापा मगरले अवधारणापत्र वाचन गरेकिथिइन भने विभिन्न व्यक्तित्वहरूबाट यस अभियानलाई सशक्त ढङ्गबाट गाउँ–गाउँमा  पु¥याउनु पर्ने भन्ने एक मतका साथ सहमति भएको थियो ।  विश्व शान्ति विहारका शिक्षाध्यक्ष निग्रोध स्थविर, थेरवाददायक परिषदका अध्यक्ष बखतबहादुर चित्रकार, धर्मबहादुर शाक्य, भूपू मन्त्री बालाराम घर्ती मगर, सभासद लक्ष्मीदास मानन्धर, ललिमाया जर्घा मगर, नेपाल बौद्ध महासंघका अधयक्ष खेन्पो वागेन्द्र शिला लामा, उपाध्यक्ष थुप्तेन जिग्दोल लामा, लोकबहादुर शाक्य, डा सानुभाइ डंगोल, सबिता धाख्वा लगायतले यस अभियानलाई सफल पार्नुपर्छ भन्ने मत जाहेर गरिएको थियो ।

 

सो अवधारणापत्रमा पूर्व लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा बौद्ध विद्वान डा. केशवमान शाक्यले अवधारणापत्र माथि टिप्पणी गर्दै ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने नेपालका मगर, थारु र नेवारहरूमा नजिकको सम्बन्ध रहेको खुलासा गरेकाथिए । अन्तमा अवधारणापत्र प्रस्तोता पूर्व मन्त्री तथा नेपाल मगर संघका भूपू अध्यक्ष  गोरेबहादुर खपाङ्गी मगरले फ्लोरबाट उठेका जिज्ञासा, सुझावहरूलाई प्रष्टयाउदै टिप्पणीकार डा.  शाक्यद्वारा खुलासा गरेका नेवार, मगर र थारुहरूको नजिकको  सम्बन्धबारे आफुलाई  खुशी लागेको बताए ।  उनले मजाकिया पारामा अब उसो भए मगर र नेवारमा विवाह सम्बन्ध गाँस्दा हुँदोरहेछ भन्ने विचार व्यक्त गरेकाथिए । त्यसले वातावरण मधुर बनाउने काम गरेकोथियो ।कार्यक्रमको अन्तमा सभापति श्री देउबहादुर राना मगरले सो कार्यक्रममा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, व्यक्तित्व, महिला, विद्यार्थी, शिक्षक, पत्रकार, समाजसेवी र कार्यक्रमका लागि स्थान उपलब्ध गराइदिने विश्व शान्ति विहारका शिक्षाध्यक्ष भिक्षु निग्रोध स्थविरज्यूलाई धन्यवाद दिई कार्यक्रम समापन गरिएकोथियो । कार्यक्रम सञ्चालन समाजका महासविच इन्द्रबहादुर राना मगरले गरेकाथिए ।

नेपाल मगर बौद्ध समाजले २०६८ मा हुने जनगणनामा मगरलाई आफ्नो धर्ममा बौद्ध लेखाउन ब्यापक सचेतना कार्यक्रमको शुरुआत गरेकोछ । संस्थाले यसलाई आन्दोलनकै रुपमा थालेको अध्यक्ष राना बताउछन् । जनगणना २०५८ मा मगरले आफ्नो कुल धर्म बौद्ध लेखाएकै कारण नेपालमा बौद्ध धर्म मान्नेको संख्या ह्वात्तै बढेकोथियो । मगरसंघले यसअघि नै झापामा अन्र्तराष्टिय सम्मेन गरेर  मगरको धर्म बुद्ध भन्ने निक्र्याेल गरिसकेकोछ । त्यसैलाई आधार बनाई नेपाल मगर बौद्ध समाजको स्थापना भएको हो ।
यस संस्थाले देशभर शिविर चलाउने, मगर कर्मकाण्ड गर्ने गराउने, धर्म बारे सचेतना दिने कार्य गर्दे आइरहेकोछ ।राज्यसत्ताको करकापमा परि लामो समय देखि हिन्दुकरण भएका मगरलाई आफ्नो कुल धर्मप्रति जागरुक बनाउन योे संस्था दिनरात खटिरहेकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %