माओवादी र एमालेले लोकतन्त्रकै उपहास गरे : शेखर कोइराला

Read Time:3 Minute, 33 Second

बुटवल, १२ मङ्सिर 

नेपाली काँग्रेसका केन्द्र्रीय सदस्य शेखर कोइरालाले एमाओवादी र एमालेले प्रधानमन्त्री निर्वाचनमा आफूलाई तटस्थ उभ्याएर लोकतन्त्रकै उपहास गरेको आरोप लगाएका छन्  ।

प्रधानमन्त्री निर्वाचन र बजेट पारित गर्न प्रधानमन्त्रीले छिटो संसद् अधिवेशन बोलाउनुपर्ने माग गर्दै उहाँले सरकारको पक्षमा स्पष्ट बहुमत भएकाले बजेट पारितका विषयमा विपक्षीसँग सहमति आवश्यक नरहेको समेत बताए  ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता कोइरालाले लडाकू र हतियारबाट अलग नभएसम्म एमाओवादीको नेतृत्व स्वीकार गर्न नसकिने आफ्नो पार्टीको अडान रहेको वताए  ।

शान्ति, संविधान र सत्ता साझेदारीलाई प्याकेजमै सहमति गर्नुपर्नेमा उनको जोड थियो ।

माओवादी लडाकूको समायोजनका सम्बन्धमा नेता कोइरालाले गिरिजाबाबुसँग अन्तिम समयमा बढीमा पाँच हजार लडाकू समायोजन गर्ने सहमति भएको उनले उल्लेख गरे  ।

पुष्पकमल दाहाल प्रधानमन्त्रीका रुपमा भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्रीसँग समेत पाँच हजार लडाकू समायोजन गर्ने भनेको खुलासा गर्दै उहाँले एमाओवादी अध्यक्ष दाहालले बारम्बार कुरा फेरेर समस्यालाई यथावत् राखेको बताए ।

“सुरक्षा निकायका सबै अङ्गमा गरी पाँच हजार लडाकूलाई समायोजन गर्न गिरिजाबाबु सहमत हुनुभएको हो, सेनामा मात्रै होइन”–उनले भने  । समायोजन हुनका लागि प्रचलित मापदण्ड पूरा गर्नुपर्ने पनि नेता कोइरालाले स्पष्ट पारे  ।

नेता कोइरालाले माओवादीले भन्ने गरेको राष्ट्रपतीय शासन र जातीय आधारमा गरिने सङ्घीयता काँग्रेसलाई अस्वीकार हुने स्पष्ट पारे ।

 शान्ति प्रक्रियामा सहमति नभएसम्म काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिने बताउँदै उहाँले भन्नुभयो– ‘बरु ५० पटक चुनाव लड्न काँग्रेस तयार छ ।’

नेता कोइरालाले उम्मेदवारी फिर्ता लिए त्यो लोकतन्त्र विपरित हुने जिकिर गर्दै संसद्मा एमाओवादी र एमालेले आफ्नो पार्टीका प्रधानमन्त्रीका एकमात्र प्रत्यासी रामचन्द्र पौडेलको विरुद्ध बहुमत पु¥याएर देखाएमात्र काँग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने बताए  ।

“एकतर्फी उम्मेदवारी फिर्ता लिने भए शान्ति प्रक्रियामा सहमति जनाउनुपर्छ, नभए अन्य दलले विपक्षमा बहुमत पु¥याउनुपर्छ”–उम्मेदवारी फिर्ता लिन अन्य दलले गरेको आग्रहप्रति कोइरालाले भने  । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %