अज्ञात समुहको आक्रमणमा श्रीमानको मृत्यु, श्रीमति घाइते

Read Time:1 Minute, 2 Second

गोरखा,  ९ मंसीर

मंसीर ९– गोरखा स्वाराँ २ बुकडोलमा गएराती अज्ञात समुहको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छिन् । राती सुतिरहेको समयमा अज्ञात समुहको आक्रमणबाट ६७ बर्षीय जितबहादुर तामाङको मृत्यु भएको हो  । यस्तै उनकी श्रीमती अन्दाजी ५८ बर्षीय शुकमायाँ घाइते भएकी छिन् । विहान स्थानीयले खबर गरेपछी उद्धारका लागी जिल्ला प्रहरी कार्यालय गोरखाबाट गएको प्रहरी टोलीले घाइतेको उपचार र शबको पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याउदैछ । उनीहरुमाथी फलामको रड र लाठीले आक्रमण गरीएको प्रहरी निरीक्षक केदार खनालले जानकारी दिनुभयो । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %