राजासहितको प्रजातन्त्रको विकल्प छैनः थापा

Read Time:1 Minute, 46 Second

स्याङ्जा, ८ मङ्सिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रको विकल्प नभएको बताएका  छन ।

 आज बिहान स्याङ्जाको वालिङमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष थापाले काँग्रेस र एमाले पनि माओवादीको गणतन्त्रको एजेण्डाको पछि दौडेर गणतन्त्रको एकलौटी घोषणा गरेको आरोप लगाए  ।

अध्यक्ष थापाले भने– ‘नेपालमा राजासहितको प्रजातन्त्रको विकल्प छैन, त्यसका लागि काँग्रेस, एमाले, माओवादीलगायतका दलहरूसँग छलफल गरिरहेका छौँ ।’

संविधानसभाको औचित्य समाप्त भएको बताउँदै उहाँले त्यसको विघटन गरी नयाँ जनमतका लागि जनमत सङ्ग्रहमा जान दलहरूलाई सुझावसमेत दिए ।

अध्यक्ष थापाले माओवादीले हालै संसद्मा बजेट ल्याउने बेलामा भएको आक्रमण प्रजातन्त्रमाथिको नाङ्गो नाच प्रदर्शन गरेको टिप्पणी गर्दै भने  ‘माओवादीले प्रजातन्त्र चाहेको छैन, त्यो कुरा काँग्रेस, एमालेजस्ता दलहरूले बुझेका छैनन्, त्यसैले म उनीहरूलाई भन्न चाहन्छु– आउनुहोस् हामी मिलेर जनमत सङ्ग्रहमा जाऔँ ।’

अध्यक्ष थापा आज राप्रपा नेपालले स्याङ्जा सदरमुकाममा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न स्याङ्जा आएका हुन्   ।

रासस
––––––

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %