काठमाडौ, मंसिर ३
अन्तरिम संविधान नवौ पटक संशोधन गरी सरकारले आज ३ वजे काम चलाउ वजेट प्रस्तुत गदै छ ।
बजेट ल्याउन भएको ढिलाइका कारण मुलुकले चुकाएको मूल्यु समेत प्रतिविम्बित हुनेगरी अर्थमन्त्री सुरेन्द्र पाण्डेले करिब ३ खर्ब ३८ अर्ब हाराहारीको बजेट तयार गरेका छन् ।
स्रोतका अनुसार पुरानै बजेटको तल्लो वर्गलाई छुने खालका केही योजनालाई विस्तार गरेर सामाजिक सुरक्षामा राज्यको उपस्थिति बढाउने कार्यक्रम पनि बजेटमा प्रस्ताव गरिएको छ ।
चालू आर्थिक वर्षका लागि असारमा ३ खर्ब ४५ अर्बको तयार भए पनि यस अवधिमा पुरानै दरको राजस्व असुलीका कारण गुमेको करिब ५र६ अर्ब रुपैयाँ घटाउनु परेको हो । करिब २ सय १५ अर्ब राजस्व असुलीको लक्ष्य बजेटको छ । असारमा २ सय २२ अर्ब राजस्व लक्ष्य तोकिएको थियो ।