वीर सिपाहीको स्मृतिमा पप्पी डे (सचित्र कथा )

Read Time:3 Minute, 12 Second

 

हरेक बर्ष नोवेम्बर महिनामा देशका लागि सहादत प्राप्त गर्ने विरहरुको सम्झनामा मनाइने ‘रेमम्बेरन्स डे’ यसपाली पनि देश भर विविध कार्यक्रम सहित मनाइयो । विरगती प्राप्त हरुको सम्झनामा मनाइने यस दिनमा भुपु गोर्खा सैनिक  लगायत का सम्पुर्ण गोर्खालीहरुले पनि  हार्दिकताका साथ यो दिवस मनाए ।

            पप्पी फुल

  यसपाली विशेश गरि अफगानिस्तानमा सहादत प्राप्त हरुको सम्झनामा बिशेष कर्यक्रम गरियो । उनीहरुको परिवारहरुको सहयोगार्थ विविध च्यारिटी कार्यक्रम गरिएकोथियो ।
सन १९८१मा यसैदिन लगभग चार बर्ष लामो  प्रथम विश्वयुद्ध औपारिक रुपमा बन्द गरिएकोथियो ।

११ महिना ११ गते ११ बजे  बन्दुक ,गोली बन्द गरि प्रथम  विश्वयुद्ध बन्दको घोषणा गरिएको र सोही युद्धमा  मारिएकाहरुको सम्झनामा पहिले ‘आर्मिस्तिक डे’ भनि मनाइन्थ्यो । दोश्रो बिश्वो युद्ध पछि यसैलाई  ‘रिमेम्बरेन्स  डे’ भनि मनाउन प्रारम्भ गरिएको हो ।  यसलाई पप्पी डे पनि भनिन्छ ।

प्रथम विश्वयुद्धताका पश्चिम बेल्जियमको फलन्दर्स भन्ने ठाँउमा भीषण युद्ध हुँदा सम्पुर्ण मानव वस्ती लगायत प्राणी र सम्पुर्ण रुख ,बोट बिरुवा आदि पनि नहरने गरि  तहस्नहस भएको थियो । एउटा सुन्दर  शहर भग्नावसेस बनेको थियो ।

जो बाँचेका थिए उनिहरु एक पनि एकपसमा लडी रहेका थिए । त्यतिबेला  पप्पी फूल मात्र जिवित पाइएको थियो । त्यस  फुललाई  एक प्रकारको   जीवन ,आशा ,हौसलाको प्रतिक मानियो । त्यस समयमा डा। जोन म्क ग्रेस क्यानिदयन आर्मी फोर्समा थिए ।

उनी त्यो घट्नाबाट अत्यन्त प्रभावित भई ूइन फ्ल्याइन्दर्स फिल्द ूभन्ने कविता कोरे जुन अत्यन्त चर्चित बन्यो र पप्पी सैनिक हरुको सम्झनामा लगाइने प्रतिकको रुपमा स्थापित बन्यो । पछि अमेरिकाकी मोइरा माइकलले जवाफमा  ‘वी श्याल किप द फेथ’नामक कविता रचिन जसमा ती विर हरुको सम्मानमा पप्पी फुल पहिरिने बाचा गरिएको थियो ।

 

पछि यो प्रचलन नै  बन्यो । ब्रिटेनमा नोवेम्बर ११, १९२१ देखी यो दिवस मनाइने प्रचलन बस्यो । संगसंगै हरेक ग्रिस्म रितुमा फुल्ने यस फुललाई  आशा ,उत्साह ,हौसलाको  प्रतिक मान्न पनि थालियो ।

शब्द:  डा.चजिन्द्र राना मगर, बेलायत

फोटो :  विशन थापा ,रेडिङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %