बाघ बचाउन मासिक ३ पाउण्ड तिर्ने कि ?

Read Time:7 Minute, 11 Second

हामी नेपालीले बेलायतमै सुनेका छौं,   कहिले लेबर, कन्जरभेटिवको सम्मेलन त कहिले एनआरएनको सम्मेलन । त्यसैगरी नेपालमा पनि कहिले काङ्रेस, एमाले, माओवादीको  सम्मेलन, कहीले जनजातिको  सम्मेलन, कहीले हिन्दु त कहिले बुद्दिस्टको  सम्मेलन । तर अहिले हामीले बाघ सम्मेलनबारे सुनिरहेकाछौं ! यो सम्मेलन न राजनैतिक, न जातिय, नत धार्मिक सम्मेलन नै हो । यो हो, बाघहरु पाइने संसारका १३ रास्ट्रहरुको सम्मेलन जो विश्वमै पहिलोपल्ट यही २०१०को नोभेम्बर २० देखी २३ तारिख सम्म रुसको सेन्ट पिटर्सबर सहरमा हुन गइरहेको छ ।
बाघ भन्ने बित्तिकै मलाइ डायमन्ड शमशेरको उपन्यास ‘सेतो बाघ’ को याद आउँछ । किन उपन्यासको शिर्सक ‘सेतो बाघ’ राख्नु परेको रु सायद उतिबेला तराइको भुभागमा बाघहरु अहीलेको गुजेश्वरी र पशुपतीको बाँदर जस्तै छ्यास्छ्यास्ती पाइने  भएर हो कि  ‘सेतो’ रङको बाघले जंगबहादुरलाई टोकेर मारेर !  उक्त उपन्यासमा जङबहादुरको मृत्यु बाघको सिकार गर्दा बाघले टोकेर भएको संकेत दिएका छन्, उनले । त्यसो त जङबहादुरको मृत्यु नेपाली इतिहासमा रहस्यमय छ । यौटा अती प्रचलित भनाइ अनुसार उनको मृत्यु नेपालका पहिलो सहिद लखन थपा मगर, जो सिद्द थिए, को सरापले भएको बिस्वास गरिन्छ । लखन थापा मगरलाइ जङबहादुरको  जहानिया शासनको बिरुद्दमा आवाज उठाए बापत सैनिकद्वारा झुन्डयाएर मारिएको थियो। सेतो रङ मसान तथा भुतको प्रतिक मानिने हुनाले जङबहादुरलाइ ‘सेतो बाघ’ले मारेको संकेत दिइएको  हुनसक्छ। यस प्रसङले नेपालमा बाघको महत्व धर्मग्रन्थ देखी आधुनिक साहित्यसम्म  छ भन्ने देखाउँछ ।
कुनैबेला एसिया भरिनै गर्जन सुन्न पाइने बाघ आज आएर  जम्मा १३ रास्ट्रमा मात्रै सिमित छ । सौभाग्य भन्नु पर्छ, यस्तो लुप्त हुन गैरहेको अतिनै आकर्षक जनावर नेपालका आरक्षहरुमा देख्न पाइन्छ । हाम्रो देसमा तेल र सुन न पाइएतापनि बाघ जस्तो अति दुर्लभ जन्तु पाइने हुँदा अत्यन्त गर्व लाग्छ । त्यसकारण नेपाल लगायत एसियाका १३ राष्ट्रहरुस् भुटान, बङ्गलादेस, भारत, बर्मा, थाइलैन्ड, कम्बोडिया, भियतनाम, मलेसिया, इन्डोनेसिया, चाइना, कोरिया र रुस यस बाघ सम्मेलनमा भाग लिन गैरहेछन । विश्व बन्यजन्तु संरक्षण कोष  जस्ता ३० वटा संगठनहरुले यस सम्मेलनको आयोजना गरेका हुन्।
बाघ जस्तो हिंशक जनावरको सम्मेलनको महत्व के होला भनी कौतुहलता छाउन सक्छ । मानविय क्रियाकलापले गर्दा जैविक विविधतामा हजार गुणाले ह्रास आइरहेको बैज्ञानिकहरु बताउँछन । जैविक बिबिधतालाई कायमै राख्न बाघको अस्तित्वले ठुलो भूमिका खेल्दछ ।  बाघ संसारदेखी लोपोन्मुख बिरालोको एउटा जाती हो। बैज्ञानिकहरु बाघलाई जैविक चक्रमा सबभन्दा उपल्लो श्रेणी मा राख्छन् । बाघको बिनासले जैविक चक्रमा असन्तुलन आइ यसको नकारात्मक प्रभाव अन्त्यमा मानव जातिमै पर्न जान्छ । तर बिडम्बना, बिगत १०० बर्समा ९५ प्रतिसतले ह्रास भएर आज बाघको सङ्ख्या जङलमा लगभग  ३२०० मात्रै रहेको छ । नेपालको सुक्ला फाँट आरक्षमा बेंगाल प्रजातीको बाघको सँख्या १२० रहेको हालसालैको गणनाले देखाएको छ।
बाघ लुप्त हुनुको मुख्य कारणहरुमा यसको अबैध सिकार तथा बासस्थानको बिनास हो । बाघको छाला र हड्डीको लागि यसलाई सिकार गर्ने गरिन्छ । एउटा छालाको मुल्य २५ हजार डलर र एउटा कुनै अँगको मुल्य १० हजार डलर सम्म कालो बजारमा पर्दछ । यसको हड्डी चाइनिज दबाइमा मिसाएर बेचिन्छ । मासु र उनको लागि भेंडा पाले जस्तै चाइनामा दबाइको लागि बाघ पालिन्छ । खेतीको लागि र सडक तथा रेलमार्ग निर्माणको लागि जथाभावी जङ्गल फडानीले यसको बासस्थान साँघुरीरहेको छ । बाघको अङहरुको माग बजारमा अत्यधिक भएकोले बाघलाई मारेर यसको अँगहरु तस्कर गर्ने गिरोह नेपाल लगायत अरु राष्ट्रहरुमा सक्रिय छन । तर बाघ जस्ता अन्य दुर्लभ जनावरहरुको ब्यापारलाइ अन्तररास्ट्रिय कानुनमा  गैर-कानुनी मानिन्छ । यसको ब्यापारीहरु पक्राउ परे मोटो जरिवाना र लामो जेल सजाए पाउन सक्छन ।
 गौतम बुद्ध र सगरमाथा जस्तै बाघ पनी नेपाललाई संसारमा चिनाउने हाम्रो सम्पत्ति हो । यसको अस्तित्वलाई जोगाइराखेर हाम्रा भावी सन्ततीलाई हस्तान्तरण गर्नु तपाइ हाम्रो दायित्व हो।  यस्तो अमुल्य सम्पतिलाइ बचाइ राख्न के गरिदै छ र के गर्नु पर्छ रु  विश्व बन्यजन्तु सरक्षण कोषले बाघको बचावटको लागी केही योजनाहरु तर्जुमा गरेको छ । तदनुसार यसको उद्देस्य सन २०२२ सम्ममा आजको बाघको संख्यालाई बढाएर दोब्बर अर्थात ६४०० बनाउने रहेको छ । सन २०१० चाइनिज पात्रो अनुसार बाघ बर्ष हो र यस्तो बर्ष फेरि १२ बर्ष पछि सन २०२२ मा दोहरिन्छ । तपाइ हामी पनि WWF को वेभ साइटमा गएर बाघ सम्मेलनको लागि पेटिसनमा साइन र नेपालमा भएको बाघलाई एडप्ट गरेर यसको सरंक्षणमा सहयोग पुराउन सकिन्छ । मैले पनि गत सालदेखी सुक्ला फाँटको एउटा बाघलाइ महिनाको ३ पाउन्ड तिरेर एडप्ट गरेको छु ।   

बिजय हितान मगर, बेलायत
   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %