विस्तारित बैठकमा लडाकूलाई समावेश नगराऊ : उपप्रधानमन्त्री कोइराला

Read Time:2 Minute, 3 Second

काठमाडौ, २ मङ्सिर

उपप्रधानमन्त्री  एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले शिविरमा रहेका लडाकूलाई एकीकृत नेकपा (माओवादी)को विस्तारित बैठकमा समावेश गराउन नहुने बताएकीछिन् ।

     नेपालस्थित दक्षिण कोरियाली दूतावासको आर्थिक एवम् प्राविधिक सहयोगमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित दक्षिण एसियामा दक्षिण कोरियाको सहकार्य र भविष्य विषयक छलफल कार्यक्रमको उद्घाटन पश्चात् उप्रधानमन्त्री कोइरालाले सो कुरा बताएकी हुन् ।  

    उपप्रधानमन्त्री कोइरालाले लडाकूको राजनीतिक सहभागिता हुने हो भने शिविरमा रहनुको के अर्थ रहन्छ भन्ने प्रश्न पनि गरिन  ।

     उपप्रधानमन्त्री कोइरालाले अहिले सरकार शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउँदै नयाँ संबिधान लेखनमा जुटिरहेको र यसका लागि दलहरूबीच समझदारी कायम पनि भएको बताइन  ।

    उनले जलस्रोत, पर्यटन, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारको रहेको पनि जानकारी दिइन  ।

    सार्क महासचिव डा सिलकान्त शर्माले सार्क क्षेत्रीय मञ्चमा दक्षिण कोरियाले पर्यवेक्षकको रुपमा खेलेको भूमिका  महत्वपूर्ण रहेको बताएन  ।

    नेपाल स्थित दक्षिण कोरियाका राजदूत हङ सुङमोङले दक्षिण कोरियाले सूचना तथा सञ्चारका क्षेत्रमा गरेको विकास अन्य देशका लागि अनुकरणीय रहेको बताइन ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %