यूके सुइन्डनमा देउसी भैलो कार्यक्रम (फिचर)

Read Time:3 Minute, 54 Second

                मगर संघ युके, सुइन्डन शाखा कमिटिले यहि ६ नोभेम्बर २०१० का दिन पहिलो पटक  देउसी भैलो तथा रात्रीभोज सहित तिहारको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मगर संघ युके सुइन्डन शाखा कमिटिका अध्यक्ष मोहन थापामगरको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मगर संघ युके, केन्द्रिय कार्यसमितिका अध्यक्ष  मेजर रि. कुल बहादुर थापामगरले दिप प्रज्वलित गरेर शुरु भएकोथियो ।

संघका सचिब राजु रानामगरबाट संचालित उक्त पहिलो चरणको कार्यक्रममा अध्यक्ष मोहन थापामगरले तिहारको उपलक्ष्यमा शुभकामना दिएकाथिए ।

 

 प्रमुख अतिथि  थापामगरले तिहारको शुभ कामना मन्तब्य सहित मगर संघ युकेको बिषयमा केहि प्रकाश पार्नुका साथै यस वर्षको जि।सि।एस।ई। परिक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने रोजी पाईजामगरलाई प्रसंसा पत्र प्रदान गरेकाथिए । समाजका जेष्ठ अविभावक अम्बर बहादुर गर्बुजामगरलाई विशेष अतिथिको रुपमा सम्मान गरिएको थियो ।

 सांस्कृतिक विभागका सह इन्चार्ज नेप घर्तीमगरले नेतृत्व गरेको देउसी भैलो कार्यक्रममा जब  जातिय भेषभुषामा सजिएका कलाकारहरुले मादल घनकाउदै, पानसमा बत्ति झिलिमिलि पार्दै, देउसी भैलो भट्याउदै दर्शक दिर्घा तर्फ अगाडी बढ्दा  साँच्चिनै एकछिन भएपनि प्रवासी भूमीलाई भुलेर आफ्नै देशको घर आगनमा तिहार मनाईरहेको महसुस भएको उपस्थितहरुको भनाई थियो ।  संघका खाद्य ईन्चार्ज प्रेम थापामगरको अग्रसरतामा मगर दाजुभाइ तथा मगर महिला दिदी बहिनीहरुले नै तयार पारेको शुद्ध नेपाली खानाका परिकारहरुको स्वादको बारेमा उपस्थित

महानुभावहरु माझ प्रसंसाका चर्चाहरु सुन्न पाइन्थ्यो ।

                  कार्यक्रमको दोस्रो चरणमा संघका मनोरञ्जन विभाग प्रमुख तथा म्युजिक अप्रेटर ललित गर्बुजामगर र कोषाध्यक्ष पिताम्बर रानामगरको नेतृत्वमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमको संचालन उद्घोषक भिम पुनमगर तथा उद्घोषिकाद्धय नानु रानामगर र इन्दिरा गलामीमगरले गरेकाथिए ।

 

सांस्कृतिक कार्यक्रमा भाग लिने मुख्य कलाकारहरुमा चर्चित नृत्यकार ललिता थापामगर, दिपा थापामगर,दिपिसा थापामगर, बिवेक गलामीमगर, असिम थापामगर, सुदिप पुनमगर, धिरज बुढामगर, मेलिना बुढामगर, फबिना घर्तिमगर, सबिना घर्तिमगर, एलिसा पुनमगर, प्रनिता रानामगर, समिर आलेमगर, लक्ष्मी थापामगर, खुस्बु थापामगर र शिला रानामगर थिए ।
अन्तमा संघका उपाध्यक्ष बिल श्रीसमगरले उपस्थित महानुभावहरुलाई धन्यबाद ज्ञापन गरेकाथिए  ।

 

                                                        – रिम गलामीमगर सुइन्डन युके  
                                                            

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %