कञ्चनपुर, २ मङ्सिर
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको कृष्णपुर–१ बनहरा पुलनजिक मोटरसाइकलले ठक्कर दिँदा ५५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।
गएराति महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेका से२प १६९९ नम्बरको मोटरसाइकलले भेटघाटफाँट शिविरकी नन्दादेवी खत्रीलाई ठक्कर दिएको हो ।
सडक पार गर्नेक्रममा मोटरसाइकलले उनलाई ठक्कर दिएपछि स्थानीय र प्रहरीले उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुर गुलरियाले जानकारी दिएको छ । रासस