बर्दिया, २ मङ्सिर । नेपाली काँग्रेसका क्षेत्रीय कोषाध्यक्ष दलबहादुर गुरुङको हत्याको विरोधमा जिल्ला बन्दको आह्वान गरिएको छ ।
एकीकृत नेकपा (माओवादी) को भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग ( वाइसिएल) का कार्यकर्ताबाट हत्या गरिएका गुरुङलाई सहिद घोषणाको माग, हत्याको न्यायिक छानबिन, दोषीमाथि कारबाही र मृतकका परिवारलाई आर्थिक सहयोगको माग गर्दै आज बर्दिया काँग्रेसले जिल्लाका बजार तथा यातायात बन्दको घोषणा गरेको छ ।
बन्दकर्र्ताहरूले सडकमा टायर बाल्नुका साथै ठूल्ठूला पाइप सडकमा तेस्र्याएर विरोध प्रदर्शन गरिरहेका छन् । गुरुङको गत सोमबार राति हत्या भएको हो ।
रासस