१३ नोभेम्बर, केन्ट
मगरसंघ केन्टको दोस्रो अधिबेशन आशफोर्डमा सम्पन्न भयो । सन् २००६मा स्थापित मगर संघ केन्ट मगर संघ बेलायतोको ९ शाखाहरु मध्येको एक हो । अधिबेसनको अध्यक्षतता केन्ट शाखा अध्यक्ष टन्क आले मगरले र कार्यक्रम सन्चाल सचिव डा. बालकृष्ण थापा मगरले गरेकाथिए । अध्यक्षको स्वागत भासणबाट सुरु भएको कार्यक्रम २ चरणमा बिभाजित गरिएको थियो । पहिलो चरणमा गत २ बर्षमा समितिले गरेका बिभिन्न गतिबिधीहरु, बैठकले निर्णय गरेका बुँदाहरु र बिधान सँसोधनमा छलफल चलेको थियो। कोषाध्यक्षय उत्तर मगरले आर्थिक लेखाजोखा प्रस्तुत गर्नुको साथै सचिवले सदस्यताको बारेमा प्रकाश पारेकाथिए ।
करिब १५० परिवारले मगर संघ केन्टको सदस्यता ग्रहण गरिसकेका र सक्रिय सदस्यलाइ भै परी आएको खण्डमा हरेक सदस्यले ३० पाउण्ड उठाएर सहयोग प्रदान गरिने उनले बताए। तर यस्तो सहयोग पाउनकोलागि हरेक सदस्यले सदस्यता शुल्क १० पाउण्ड तिरेर हरेक बर्ष नबिकरण गरि सक्रियरहनुपर्ने शर्त पनि उनले सुनाउन भुलेनन् । सदस्यताको प्रमाणपत्र बितरण गरिदै आएको उनले बताए । साधारण सदस्यता, ५ बर्षको आजिवन र १ बर्षको गरि तीन किसीमको रहेको पनि सचिवले जानकारी दिए ।
पहिलो चरणको कार्यक्रमण समापनपछि दोस्रो चरणमा अर्को २ बर्षकोलागि नयाँ कार्य समितिको चयन गरिएको थियो। जसमाअध्यक्ष भूतपूर्व क्याप्टेन पदम आाले मगर उपाध्यक्ष घन बहादुर थापा मगर सचिव तथा उपसचिव क्रमस उत्तर मगर र मन फौजा मगर कोषाध्यक्ष घमान घर्ती मगर गरि १९ जनाको नया कार्य समिति सर्बसम्मतिबाट गठन गरियो। त्यसैगरी साँस्कृतिक, सम्पतत्ति, युवा, सुचना, खानपिन, यातायात, खेलकुद, कर्मकान्ड जस्ता बिषयहरुलाई हेर्न पनि सदस्यहरुको चयन गरियो ।
आशफोर्ड, फोल्कस्टोन, सोर्नक्लिफ, डोभर, क्यान्टबरि, मेड्स्टोन, चाथमका लागि समन्यकर्ताहरुको पनी चयन गरियो। नबनिर्बाचित कार्यसमितीको पहिलो बैठक आउँदो १२ डिसेम्बरमा फल्कस्टोनमा हुने निर्णयको साथै पुरानो कार्य समितिलाई धन्यबाद र नयाँ कार्यसमितिलाई बधाईको आदानप्रदानपछी अधिबेसन दिउसको २ बजे सम्पन्न भएकोथियो।
बिजयहितान मगर