राजकुमार विलियमको धनाद्यय ब्यापारीकी छोरी केट मिदल्तोनसँग आउदो समर वा स्प्रिङ सिजनमा बिवाह हुने भएको छ । बिवाह लण्डनमा गरिने बताइएकोछ । केन्यामा छुट्टि मनाउन जाँदा बिवाहको कुरा छिनेको थियो । करिव आठ बर्ष लामो प्रेम सम्बन्धपछि यी दुई प्रणयसुत्रमा बाँधिन थालेकाहुन् ।

  यी जोडीले बेलायती महारानीबाट पनि अनुमती पाइसकेका छन् भने केटका बाबुको पनि मन्जुरी भैसकेको छ ।  बेलायती प्रधानमन्त्री देविड क्यम्रोन लगायत सबैले अग्रिम बधाई दिइ सकेकाछन्  ।
उनीहरुको भेट सेन्ट एन्द्रु कलेजमा भएको थियो । प्रेमको खुलासा सार्वजनिक सन २००५ मा क्लोस्तेर्मा जाँदा भएको थियो ।  मिदल्तोनको राजसंस्था सँग कुनै सम्बन्ध छैन । उनी व्यापारी माइकल मिदल्तोन र पूर्व एअर होस्टेस क्यरोलकी जेठी छोरी हुन । यी दुबैको उमेर अहिले २८ बर्षको छ । 
चजिन्द्र राना मगर बेलायत 
