दाङ १ मंसिर
भदौको अन्तिम सातादेखि सूरु भएको फोटोसहितको मतदाता परिचय पत्रका लागि दाङका दुई नगरपालिकामा हालसम्म २८ हजारको अध्यावधिक गर्ने कार्य सम्पन्न भएको छ । तुलसीपुर नगरपालिकामा कार्तिक २९ गतेसम्म १३ हजार ६ सय ४५ जना र घोराही नगरपालिकामा १४ हजार ३ सय १ जनाले परिचय पत्रका लागि फोटो र औंलाछाप लगाइसकेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।
गत भदौ २३ देखि २८ गतेसम्म प्रचारप्रसार गरी भदौ २९ गतेदेखि असोज २५ गतेसम्म पहिलो चरण र विजयादशमी र तिहार जस्ता ठूला चाडवाड पछि पुनः दोस्रो चरण अन्तर्गत फोटो खिच्ने र औंलाछाप लगाउने कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत शेषमणि गौतमले जानकारी दिए ।