काठमाडौँ, ३० कात्तिक
नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमारअलबलिद विन तलाल आज स्वदेश फिर्ता भएकाछन् ।
उनी निजी विमानबाट आज दिउँसो १ः३० बजे स्वदेश प्रस्थान गरेका हुन् ।
राजकुमार तलाललाई परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराईलगायतका उच्च र्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका हुन् ।
तीनदिनअघि नेपाल आउनुभएका राजकुमार तलाल र नेपालका उच्च अधिकारीसँगको भेटमा नेपालमा लगानीको नयाँ सम्भावनाबारे छलफल भएको थियो ।
उनले राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपाललाई बेग्लाबेग्लै भेट गरेका थिए ।
रासस