पर्वत (फलेवास), ३० कात्तिक
। लामो सयमसम्म पनि संविधान निर्माण हुन नसकेपछि र पटकपटकको निर्वाचनबाट प्रधानमन्त्री चयन हुन नसकेको भन्दै दबाबस्वरुप यहाँका बासिन्दाले अखण्ड कीर्तन गरेका छन् ।
संविधान निर्माणलाई पूर्णता दिन र प्रधानमन्त्री चयन गर्न दलहरु सफल होउन् भन्दै एक सातासम्म अखण्ड कीर्तन गरिएको हो ।
पर्वत जिल्लाको शिवालय गाविसमा रहेको नवयुवा भजनमण्डली समूहले कात्तिक २६ देखि मङ्सिर १ गतेसम्म सञ्चालन गरेको कीर्तनमा देवता तथा दलहरुका नाममा भजन गाइएको छ ।
धर्म संस्कृतिको जगेर्नासँगै दलहरुलाई सही बाटोमा हिँड्न प्रेरणा मिलोस् भनेर अखण्ड कीर्तन सुरु गरिएको भजनमण्डलीका प्रचारप्रचार संयोजक गोकुल चापागाईंले जानकारी दिए ।