महोत्तरी, ३० कात्तिक
गए राति बर्दिवासबाट बाघको छालासहित तीनजना पक्राउ परेका छन् ।
बर्दिवासको भेला वसन्त चोकबाट गएराति साढे नौ बजे सशस्त्र प्रहरी बल छिन्नमस्ता गण बर्दिवासबाट खटिएको टोलीले शङ्काको आधारमा खानतलास गर्दा ज३प २८६५ नं.को मोटरसाइकलबाट बाघको छाला एक थान पक्राउ परेको छ ।
साथै ज३प ६८६५ नंको मोटर साइकल, मोबाइल सेट तीन थानसहित धनुषाका राम एकवाल यादव, जीतेन्द्र महरा र महादेव माउललाई सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता गण बर्दिवासले जनाएको छ ।
बाघको छाला भारततर्प लैजान लगिएको थियो ।
रासस