लमजुङ, २८ कार्तिक
७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत परियोजना भोलिदेखि बन्द हुने भएको छ ।
परियोजनाको टर्वाईन सफा तथा मर्मत (ओभरहलिङ) का लागि भोलिदेखि तीन हप्ताका लागि विद्युत उत्पादन बन्द गर्न लागिएको हो । ।
३५÷३५ मेगावाट क्षमताको २ वटा टर्वाइनजडित परियोजनाको सफा तथा मर्मतका लागि भोलिदेखि एकहप्तासम्म एउटा टर्वाइन, अर्को हप्ता २ वटा र अन्तिम हप्ता अर्को टवाईन बन्द गरिने मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रले जनाएको छ ।
आयोजना निर्माण हुँदाको सम्झौता अनुसार हरेक वर्ष गर्नुपर्ने नियमित ओभरहलिङ गर्न लागिएको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रका प्रमुख महेन्द्र अधिकारीले वताएकाछन् । उनले मेकानिकलका लागि जर्मनी कम्पनी र हाइड्रोेलोजिकलका लागि अष्ट्रियाको भियाटेक कम्पनीका प्राविधिकले मर्मतको प्रारम्भिक चरणको कार्य आज आईतवार देखि नै थालनी गरिसकेको जानकारी दिए । मध्यमस्र्याङ्दी तीन सातासम्म बन्द हुँदा देशले थप लोडसेडिङको मार खेप्नुपर्ने छ । तर, यसको सफा तथा मर्मतकार्यका लागि प्राधिकरणले थप आर्थिक भार भने व्यहोर्नु नपर्ने प्राधिकरण श्रोतले बताएको छ ।
परियोजनाले जतिसक्दो चाँडो ओभरहेलिङ कार्य सक्ने प्रयास गर्दै छ । ‘हामीले एक महिनाको कामलाई तीन साताभित्रै सक्ने योजना बनाएका छौँ’ केन्द्र प्रमुख अधिकारीले भने, ‘कति खिईएको छ हेरौँ टर्वाइनलाई, त्यसपछि थाह हुन्छ ।’ उनले पानीको बहाक कम भएकाले केही दिनयता मध्यमस्र्याङ्दी परियोजनावाट ६०÷६५ मेगावाट मात्रै विद्युत उत्पादन भईरहेको वताए । पानीको बहाब अधिकतम भएमा परियोजनावाट ७८ मेगावाट क्षमतासम्म विद्युत उत्पादन हुन्छ ।
मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाको टवाईन पहिलोपटक ओभरहलिङ गर्न लागेको हो । जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत लगानीमा निर्मित परियोजना अघिल्लो वर्ष सकिएको हो ।
मध्यमस्र्याङ्दी परियोजना तीन हप्ताका लागि बन्द, लोडसेडिङ अझ वढने
Read Time:2 Minute, 54 Second