स्याङ्जा, २६ कात्तिक
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले वार्ताबाटै वर्तमान गतिरोधको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन स्याङ्जा शाखाले शुक्रबार बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति कोइरालाले दलहरु मिल्नुको विकल्प नरहेकाले गतिरोध अन्त्यका लागि माओवादी सकारात्मक भएमा सबै सङ्कटको तत्कालै समाधान हुने बताए ।
उहाँले वर्तमान राजनीतिक गतिरोधको कारक माओवादी भएको बताउँदै नेपाली जनतालाई धेरै निराश नबनाउन माओवादीलाई आग्रह गरे ।
कोइराला स्याङ्जाको सेतिदोभान–२ जुग्लेमा आयोजित आमसभालाई सम्बोधन गर्न स्याङ्जा आएका हुन् । रासस