भक्तपुरका पाँच सामुदायिक विद्यालय बन्द

Read Time:2 Minute, 8 Second

भक्तपुर, २६ कात्तिक 

जिल्ला शिक्षा कार्यालय भक्तपुरले विद्यालयमा विद्यार्थीको सङ्ख्या अत्यन्त न्यून भएको कारण जिल्लाका पाँचवटा सामुदायिक विद्यालय बन्द गरेको छ ।

भक्तपुरमा निजी विद्यालय बढ्ने क्रमसँगै सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।

सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नसक्नु, अभिभावक  र विद्यार्थीले निजी विद्यालयप्रति बढी आकर्षित भएका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्यामा घट्दै गएकाले सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेको हो ।

कार्यालयको विशेष कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अनुगमनमा जाने क्रममा विद्यार्थी सङ्ख्या न्यून रहेका विद्यालय बन्द गराएको कार्यालयका उपसचिव राजनप्रसाद निरौलाले बताए  ।

जिल्लाका सामुदायिक विद्यालयमध्ये चण्डेश्वरी प्रावि, नवज्योति प्रावि, मनकामना प्रावि, महाकाली प्रावि र नाट्यश्वरी प्रावि बन्द रहेका छन् ।

सो विद्यालयका शिक्षकलाई अन्य विद्यालयमा स्थानान्तरण गरिसकेको उपसचिव निरौलाले बताए  ।

उहाँका अनुसार विद्यालयको भौतिक सम्पति संरक्षणका लागि भने प्रत्येक विद्यालयमा एक–एकजना शिक्षक खटाइएको बताउँदै उहाँले जिल्लामा ५० जनाभन्दा कम विद्यार्थी सङ्ख्या रहेका ५० वटा विद्यालयका विद्यार्थीलाई अन्य विद्यालयमा गाभिने नभए बन्द गर्नेसमेत बताए  ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %