संविधानसभाबाट संविधान घोषणा नभए सडकबाटै संविधान घोषणा : बोगटी

Read Time:2 Minute, 0 Second

भक्तपुर, २४ कात्तिक 

एकीकृत नेकपा (माओवादी)का सचिव पोष्टबहादुर बोगटीले संविधानसभाबाट संविधान घोषणा नभए जनताले सडकबाटै नयाँ संविधान घोषणा गर्ने चेतावनी दिएका छन् ।

नेवाः मुक्ति मोर्चा नेपाः र नेवाः मुक्ति मंकाः दबूले आयोजना गरेको नेपाल सम्वत् ११३१ को अवसरमा आयोजित कार्यक्रममा उनले त्यसको नेत्तृव माओवादीले गर्ने बताए ।

मुलुकमा सङ्कटकाल लगाई राष्ट्रपति शासन लागू गर्ने प्रयास भएको बताउँदै उहाँले काँग्रेस र एमाले यसको पक्षमा उभिए जनताले अन्तिम लडार्इं लड्ने चेतावनी दिए ।

अहिले दलहरुबीच भइरहेको वार्तामा सहमतिका लागि माओवादी हदैसम्म लचकता अपनाउने बताउँदै नेता बोगटीले सहमति नभए सबै यथास्थितिवादीहरु समाप्त भएर जाने चेतावनी दिए ।

राष्ट्रिय स्वाधीनतको संरक्षण र राज्य पुनःसंरचनाको अवधारणामा नेपाली काँग्रेस नकारात्मक रहेको र एमाले अस्पष्ट रहेको उनले आरोप लगाए ।

माओवादीले आत्मनिर्णयको अधिकारसहितको जातीय एवम् क्षेत्रीय राज्य निर्माण हुनुपर्दछ भन्ने मान्यता राखेको र यसमा अडिग रहेको बताए  ।

मोर्चाका संयोजक कृष्णलाल गोजा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रीय सदस्य हितमान शाक्यले विदेशीको इसारामा चलेर नेपाललाई अफगानिस्तान बनाउन खोजेकाले त्यसका विरुद्ध लड्नु जरुरी भएको छ भने  ।  रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %