तीनदिन देखि यातायात अबरुद्ध

Read Time:1 Minute, 50 Second

दाङ, २४ कार्तिक 

पश्चिम दाङमा बसबाट खसेर एक युवकको मुत्यु भएपछि क्षेतिपूर्तीको माग गर्दै अबरुद्ध गरिएको सडक तीन दिनदेखि सञ्चालनमा आउन नसक्दा यात्रुहरु मर्कामा परेका छन् । बसबाट खसेर सोमबार दिउँसो युवकको मृत्यु भएपछि सोमबार रातीदेखि अबरुद्ध तुलसीपुर–सुर्खत सडकखण्ड सुचारु हुन नसक्दा यात्रुहरु मर्कामा परेका हुन् । तीन दिनसम्म सडक अबरुद्ध भएपछि आवतजावत गर्ने यात्रुहरुलाई आवागमन गर्न अफ्ठ्यारो परेको यात्रुहरुको भनाइ छ । सोमबार धनौरीको रगैचाबाट तुलसीपुर आउँदै गरेको ना ३ ख ६४६३ नम्वरको बसबाट खस्दा धनौरी ७ दुविचौर निवासी १९ वषिर्य चित्रबहादुर केसीको मृत्यु भएपछि आफन्तहरुले क्षेतिपूर्तीको माग गर्दै सडक अबरुद्ध गरेका हुन । मृतकका परिवारले राहतवापत ५ लाख रुपैयाँ दिनुपर्ने माग गरेका छन । बस समितिले भने बसको छतबाट आफै खसेकालाई ५ लाख दिन नसकिने बताए पछि सहमति जुट्न नसकेको प्रहरीले जनाएको छ । यातायात सुचारु गर्ने बिषयमा बुधवार भएको छलफल बिना निष्कर्ष टुंगीएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुवैपक्ष आआफ्नो अडानमा रहेकाले छलफल निष्कर्षमा नपुगेको इप्रका तुलसीपुरका प्रहरी निरिक्षक जीवन बुढाथोकीले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %