अध्यक्षात्मक प्रणालीलाई समर्थन हुदैन : उपेन्द्र यादव

Read Time:2 Minute, 2 Second

मोरङ, २४ कात्तिक 

मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यक्षात्मक प्रणालीबाट सरकार चलाउने कुरालाई आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताए ।
बुधबार गृहनगर बिराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले यो प्रणाली असंवैधानीक कदम भएको भन्दै यसलाई समर्थन नगर्ने स्पष्ट पारे ।
तीन राजनीतिक दलबीच अध्यक्षात्मक प्रणालीबाट सरकार संचालन गर्ने भन्ने बिषयमाछलफल केन्द्रीत भइरहेको बेला मधेशवादी दलका प्रभावशाली नेता यादवले भने यसलाई सत्तालिप्साको उदाहरण भनेका छन् । यो आलापालोको खेल भनेकै कुर्सी र सत्ता लिप्साको उदाहरण हो , उनले थपे ।  राजनीतिक सहमति खोजी गरी संविधानका प्रावधान भित्रैबाट सरकार निर्माण गरिनुपर्ने उनले तर्क गरे ।
यहि सत्ता लिप्साकै कारणले प्रमुख तीन दल कसलाई प्रधानमन्त्रि बनाउने भन्ने बिषयमा सहमत हुन नसकेका टिप्पणी गर्दै अध्यक्ष यादवले १२ बुँदे सहमति गर्ने स्टेक होल्डरहरुबीच समझदारी बन्नु आवश्यक रहेको बताए ।
काम चलाउ सरकारले बजेट ल्याउन नहुने अडान राख्दै अध्यक्ष यादवले
छिटोभन्दा छिटो नँया सरकार बनाउनुपर्नेमा जोड दिए । नँया सरकार नबनेसम्म पूर्ण बजेट ल्याउन नमिल्ने भन्दै उनले बजेट नआए मुलुक बिषम आर्थिक संकटमा फस्न सक्ने चेतावनी समेत दिए । उनले भने  यस्तै अवस्था रहे देश बिषम आर्थीक संकटमा फस्छ , नेताहरु सचेत हुन आवश्यक छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %