हेलिकोप्टर दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन

Read Time:1 Minute, 22 Second

काठमाडौँ, २३ कात्तिक 

सोलुखुम्बु जिल्लाको आमाडब्लम क्षेत्रमा आइतबार भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको जाँचबुझ कार्य गरी सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेस गर्न आज नेपाल सरकारले मन्त्रिस्तरीयको निर्णयानुसार पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन  गरिएको छ ।

    पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा गठित सो आयोगमा एयर डाइनेस्टी हेलि सर्भिसेज प्रालिका क्याप्टेन प्रमोदकुमार लामा, माउन्टेन हेलिकाप्टर प्रालिका वरिष्ठ इन्जिनियर दीपकराज कोइराला, एभिएसन मेडिकल बोर्डका संयोजक डा. रन्जित सिंह बराल र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सुरेश आचार्य सदस्य सचिव रहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
सो आयोगको म्याद कार्य आरम्भ भएको मितिले ६० दिन रहने गरी तोकिएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %