लागुऔषधसहित तीन पक्राउ

Read Time:1 Minute, 20 Second

मोरङ २३ कात्तिक । मोरङको टङ्कीसिनवारीमा लागुऔषधसहित तीनजना पक्राउमा परेकाछन् ।

     सोमबार राति कङ्कालिनी गण टङ्कीको धरान–विराटनगर कोशी राजमार्गमा रहेको सशस्त्र प्रहरीको चेकजाँच टोलीले कारमा लुकाएर लागऔषध धरानतर्फ लैजाँदै गरेको अवस्थामा सुनसरी हाँसपोसा–७ तरहराकी २७ वर्षीया विनिता तामाङ, इटहरी–८ की ५७ वर्षीया मिठु बस्नेत र झापा मेचीनगर नगरपालिका–१३ काँकडभिट्टाका कार चालक २३ वर्षीय किरण थापा पक्राउ परेका हुन् ।
 
भारतीय बजार जोगवनीबाट को१च ३४६४ नं को कारमा लुकाइछिपाइ लैजाँदै गरेको लागुऔषध टिडीजेसिक इन्जेक्सन ८४ थानसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको कङ्कालिनी गण टङ्कीका उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।
 
सशस्त्र प्रहरीले कार, लागुऔषध र पक्राउ परेका तीनैजनालाई अनुसन्धानका लागि मोरङ प्रहरीको जिम्मा लगाएको छ ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %