इटहरी, २३ कात्तिक
इटहरी नगरपालिकाको व्यस्त सडक बिपी चोकमा आज मध्याह्न १ बजेतिर एक अज्ञात समूहले रामेछाप बेतौन–७ का २५ वर्षीय सनक लामालाई गोली प्रहार गर्दा उनी गम्भीर घाइते भएका छन् । लामाको पछाडि ढाडमा गोली लागेको स्थानीय प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।
ढाडमा गोली लागेका लामाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ पु¥याएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
बा३४प १८ नं को पल्सर मोटरसाइकलमा रहेका लामालाई गोली हान्नुअघि त्यो समूहले बियरको बोतलले सडकमा हिर्काएको र त्यसपछि गोली हानेको सडकमा हिँडेका स्थानीयले बताएका छन् ।
गोली हान्नेको पहिचान भइसकेको प्रहरीले जानकारी दिएको छ । गोली हानेर तत्कालै फरार भएकाले सबै नाका बन्द गरी तलासी लिने कार्य भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
घाइतेको स्थिति चिन्ताजनक रहेको प्रहरीले उल्लेख गर्दै उनको प्रतिष्ठानस्थित सघन उपचार कक्षमा राखिएको बताएको छ । रासस