वीरगन्ज, २३ कात्तिक
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख तीन ठूला राजनीतिक दलले नै संविधान निर्माण गर्न नचाहेको आरोप लगाएकाछन् ।
आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उनले भने– वर्तमान अवस्थामा प्रमुख तीन ठूला दल सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणप्रति जिम्मेवार र संवेदनशील नभएकै कारण मुलुकमा राजनीतिक गतिरोध देखा परेको छ ।
अध्यक्ष ठाकुरले प्रमुख तीन दललाई मुलुक सङ्घीयतामा गए मधेस टुक्रिने डर, लोकतान्त्रिक गणतन्त्र भए हैकमवादी शासन चलाउन नपाउने र संविधानसभामार्फत संविधान निर्माण भए खसवादीहरूको अधिकार कटौती हुने डर छ भने ।
उनले मुलुकको शासकीय स्वरूप, माओवादी लडाकूको समायोजन र सङ्घीयताजस्ता महत्वपूर्ण विषयवस्तुमा दलहरूबीच हालसम्म सहमति कायम हुन नसकेकाले तोकिएको समयमा संविधान बन्ने सम्भावना क्षीण हँुदै गएको बताए ।
संविधानसभा निर्वाचनमा सहभागी सबै दलको प्रमुख दुईवटा साझा प्रतिबद्धता संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनु रहेको उल्लेख गर्दै उनले भने ‘त्यसलाई पूर्णता दिन प्रमुख तीन ठूला राजनीतिक दलले विशेष भूमिका निर्वाह गर्नै पर्दछ । ’