गैरआवासीय नेपाली सङ्घको पाँचौं क्षेत्रीय सम्मेलन दुबईमा

Read Time:1 Minute, 41 Second

काठमाडौँ, २३ कात्तिक 

 गैरआवासीय नेपाली सङ्घको पाँचौंँ क्षेत्रीय सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा आउँदो जनवरी १४ देखि १६ तारिखसम्म आयोजना गरिने भएको छ ।

 यस पटकको क्षेत्रीय सम्मेलनको मूल विषय ‘सामूहिक लगानी तथा सुरक्षित आप्रवासन’ रहेको छ ।

 न्यून आय भएका गैरआवासीय नेपालीसँग छरिएर रहेको स–साना बचतलाई समेत पूँजीमा परिणत गरी नेपालमा लगानी गर्ने तथा आप्रवासलाई व्यवस्थित गर्ने विषयमा सो सम्मेलनको विशेष महत्व रहने जनाइएको छ ।

 सम्मेलनले रोजगारीको खोजीमा विदेश जान चाहने नेपालीका लागि सुरक्षित आप्रवासनको विषयलाई प्रमुख जोड दिनाका साथै देशको आर्थिक विकासमा सामूहिक लगानीले खेल्नसक्ने भूमिकालाई विशेष जोड दिने गैरआवासीय नेपाली सङ्घ पाँचौं क्षेत्रीय सम्मेलनका संयोजक रामेश्वर साहले जानकारी दिए ।

 सम्मेलनमा नेपाल सरकारका उच्च तहका पदाधिकारी, कूटनीतिक, राजनीतिक पार्टीका प्रतिनिधि, निजी क्षेत्रका सङ्घसंस्था, सञ्चारकर्मी, गन्यमान्य व्यक्तिका साथै विभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपालीको सहभागिता रहने जनाइएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %