काठमाडौँ, २२ कात्तिक न्हुदँ समारोह समिति ११३१ तथा मकाः खलले नेवार समुदायलाई आह्वान गरेअनुरुप आज नेवारी समुदायमा भाइटीका हँदैछ ।
नेपाल सरकारको पञ्चाङ्गअनुसार हिजो कात्तिक २१ गते हिन्दु परम्पराअनुसार भाइटीका सम्पन्न भएको थियो ।
न्हुदँ समारोह समिति ११३१ तथा मकाः खलले कात्तिक २० गते लक्ष्मी पूजा, २१ गते म्हपूजा तथा २२ गते भाइटीका गर्न आह्वान गरेअनुरुप आज नेवार समुदायमा भाइटीका हुन लागेको नेवाः देव दबुका संरक्षक मल्ल के सुन्दरले बताए ।
भाइटीकामा विशेष पहिला वायुमण्डलको प्रतीक शून्यमा पानीले त्यसपछि चिरञ्जीवीको प्रतीक तेलले र त्यसपश्चात रेखी हाली अष्ट मङ्गलको प्रतीक मण्डला निर्माण गरी लावा, सग्ला अक्षता, मास, भटमास आदिको सजावट मण्डलामा गरी भाइटीका लगाइने उनले वताए ।
रासस