गुल्मी २२ कात्तिक
गुल्मी जिल्लाको हाडहाडे गाविसबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु१ज १४०७ नम्बरको जिप आज बिहान जैसिथोक गाविसको सिमाहाघाटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दसजना घाइते भएका छन् ।
मृत्यु हुनेमा गुल्मी हाडहाडे गाविस– ४ निवासी ५० वर्षीय श्यामलाल श्रीस रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा गुल्मी भनभने गाविस– ५ निवासी वर्ष ३८ का कृष्णप्रसाद पन्थी, गौँडाकोट गाविस– ९ स्थित वर्ष २३ की कमला सराङ्कोटी, हाडहाडे गाविस– ३ स्थित वर्ष ३५ का धनिश्वर विश्वकर्मा, सोही गाविस– ३ निवासी वर्ष १० का बालक सचिन बराल, वर्ष ६ की आरती श्रेष्ठ, वर्ष २४ की चमेली श्रेष्ठ, वर्ष २० का श्यामबहादुर विश्वकर्मा, वर्ष १९ का सूर्य काउछा, जैसिथोक गाविस निवासी वर्ष २४ का विष्णु घर्ति मगर र तम्घास गाविस– ४ निवासी वर्ष ५५ का कृष्णबहादुर श्रीस रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये कृष्णबहादुर श्रीसको टाउकोमा गम्भीर चोट लागेकाले तम्घास अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा पठाइएको छ ।
अन्य घाइतेको भने जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । उकालोमा ब्रेक फेलभई दुर्घटना भएको प्रहरीले जनाएको छ
रासस
––––––