रुकुममा जीप दुर्घटना हुँदा चारको मृत्यु

     
 दाङ (तुलसीपुर), २० कात्तिक । रुकुममा आज भएको जिप दुर्घटनामा चार व्यक्तिको मृत्यु भएको छ ।

राप्ती अञ्चल कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार रुकुमको सोलाबाट रुकुमकोटतर्फ आउँदै गरेको  लु १ ज १९०६ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।
    दुर्घटनामा परी मुत्यु हुनेमा रुकुम  शोभा  गाविस–३ टाकुराकी  ३० वर्षीया सुधा बिसी, उहाँका तीन वर्षीय छोरा सन्दिप बिसी, सल्यान शिवरथकी ५१ वर्षीया बाटा ओली र सनाखत हुन बाँकी अर्का एक जना छन् । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %