नेवारी समुदायको नयाँ ११३१ सुरु

Read Time:1 Minute, 46 Second

काठमाडौँ, २१ कात्तिक । नव वर्ष नेपाल संवत् ११३१ आज देशका विभिन्न स्थानमा विविध कार्यक्रम सहित मनाइँदैछ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ई.सं. ८८० मा गरिब जनताको ऋण मोचन गरी त्यसको स्मरणमा नेपाल संवत्को प्रारम्भ गर्नुभएको हो ।

गरिब देशवासीको कल्याणका लागि जनस्तरबाट ऋण मोचन गरी संवत् चलाउनुलाई नेपालका इतिहासकारहरुले गौरवपूर्ण घटनाका रुपमा लिएका छन् ।
    
नेपाल संवत् ८८८ वर्षसम्म आधिकारिक संवत्का रूपमा प्रचलनमा रहेकोमा वि.सं. १९६० मा राज्यस्तरबाटै यसमाथि रोक लगाइएको थियो ।

नेपालमा वि.सं. २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल संवत्लाई पुनःस्थापित गराउन विभिन्न प्रयास हुँदै आएकोमा २०३६ सालबाट राजधानीवासीले सार्वजनिक रुपमा समारोह गरी मनाउन थालेका हुन् ।

नेपाल संवत् प्रारम्भ गरेर समाज तथा राष्ट्रलाई युगान्तकारी योगदान दिएको कदरस्वरूप शङ्खधर साख्वाःलाई सरकारले वि.सं.२०५५ मा राष्ट्रिय विभूति घोषित गरेको थियो ।

वि.सं. २०६४ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नेपाल संवत्लाई राष्ट्रिय संवतको मान्यता दिइएको मानव अधिकारकर्मी मल्ल के सुन्दर बताउँछन्  ।
 रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %