तीनदलको गोप्यवार्ता जारी

Read Time:1 Minute, 38 Second

    काठमाडाँै, २० कात्तिक । एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूको दक्षिणकालीस्थित हात्तीवन रिसोर्टमा हिजो सुरु भएको गोप्यवार्ता आज पनि जारी छ ।
    शान्ति प्रक्रिया, नयाँ संविधान लेखन, सत्ता साझेदारी लगायतका महत्वपूर्ण विषयमा सहमति जुटाउन उक्त वार्ता भएको हो । यद्यपि वार्ताका एजेन्डा सार्वजनिक गरिएको छैन ।

    वार्तामा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष झलनाथ खनालसमेत अन्य बरिष्ठ नेताहरू सहभागी छन् । वार्तास्थालमा सञ्चारकर्मीलाई निशेष गरिएको छ भने नेताहरुको फोन पनि वन्द गरिएको छ । वार्ता स्थलमा हिजो समाचार संकलन गर्न पुगेका केही सञ्चारकर्मीलाई प्रहरीले दुई किलोमिटर टाढा नै दुब्र्यब्यहार गरी फिर्ता गरेको थियो । गोम्य वार्ताले राजनीतिलाई नयाँ निकास दिने आशाको सञ्चार भने गराएको छ । यस अगाडिपनि गरिजाप्रसाद कोइरालाको  नेतृत्वमा गोम्य वार्ता गरिएको थियो र  राजनीतिले मोड लिन पुगेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %