ट्र्याक्टर ठक्करमा वावु छोरा दुवैको मृत्यु

बारा, २० कात्तिक ।  पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत बारा जिल्लाको रामपुर टोकनी–३ मा शनिबार दिउँसो ट्र्याक्टरको ठक्करबाट बुबा छोराको मृत्यु भएको छ ।

   पथलैयाबाट वीरगञ्ज तर्फ गइरहेको ना २ त ६०१ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिदाँ साइकलको पछाडि बसेका दुई वर्षीय बालक राजुप्रतापको घटनास्थलमा र साइकल चालक भानुप्रताप कलवारको उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पु¥याएपछि  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
   चालक बेपत्ता छन् । ट्र्याक्टर प्रहरीको नियन्त्रणमा छ ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %