शीर्ष नेताहरु हात्तीवन रिसोर्टमा वर्ता गदै

Read Time:1 Minute, 57 Second

    काठमाडौँ, १९ कात्तिक 

मुलुकको राजनीतिक गतिरोध अन्त्य गरी संविधानलेखन कार्यलाई तीव्रता दिन प्रमुख राजनीतिक दलका शीर्ष नेता गोप्य  वार्तामा जुटेका छन् ।

वार्ता यस अगाडि लुक्लामा गरिने तय भएपनि काठमाडौँको सेतीदेवी गाविस–१ चोभारस्थित हात्तीवन रिसोर्टमा एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्षसहित पाँच–पाँचजना नेताहरुको सहभागिता रहेको सो वार्तामा संविधान लेखनका क्रममा दलहरुबीच देखिएका मतभिन्नतालाई अन्त्य गर्न नेताहरु गम्भीर वार्ता गरिहेका छन् ।

उनीहरुबीच नयाँ सरकार निर्माण र मुलुकलाई आर्थिक सङ्कटबाट रोक्न बजेट ल्याउने सम्बन्धमा समेत छलफल हुनेछ ।

त्यसतर्फ प्रस्थान गर्नुअघि आज बिहान नेताहरु गृह मन्त्रालयमा भेला भई पर्यटक बसमा चढेर त्यहाँ पुग्नुभएको थियो ।

आजै बिहान आफ्नो निवासमा पुगेका सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले दुई दिनसम्म हुने सो वार्तामा तीन दलका १५ जना नेता सहभागी हुने जानकारी दिए  ।

मुलुकको विद्यमान राजनीतिक गतिरोध अन्त्य र संविधान लेखनका विषयमा शान्त वातावरणमा बसेर छलफल गर्न लागिएको बताउँदै उनले दलहरुबीच सहमति हुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए  । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %