इटहरी, १९ कात्तिक सुनसरी जिल्लाको धरान तीनकुनेस्थित विश्वकर्मा बाबाको मन्दिर नजिक सडकमा आज बिहान कार र मोटरसाइकल जुध्दा मोटरसाइकल सवारको मृत्यु भएको छ ।
इटहरीबाट धरानतिर जाँदै गरेको को१च ४६६२ नम्बरको कारले धरानबाट इटहरीतिर आइरहेको वा९प ३९५० नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा मोटरसाइकलमा यात्रारत् धरान निवासी ४५ वर्षीय आइतबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनापछि तत्कालै उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएका लिम्बूको बिहान ९ बजे उपचारकै क्रममा मृत्यु भएको छ ।
अधिक गतिमा रहेका दुवै सवारीसाधन जुध्दा कारसमेत क्षतिग्रस्त बनेको र दुर्घटनामा कारचालक दिनेश मादेन पनि घाइते भएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी एिको छ .