सहमती कार्यान्वयनकालागी मात्रै पौडेलको उम्मेदवारी : उपप्रधानमन्त्री कोइराला

Read Time:2 Minute, 31 Second

मोरङ,१८ कार्तिक

उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सहमती कार्यान्वयनमा दवाव दिनकालागी मात्रै रामचन्द्र पौडेलको उम्मेदवारी कायम राखेको बताएकी छन् । बिहीबार बिराटनगर स्थित कोइराला निवासमा कार्यकर्ताहरुसँगको भेटमा उनले सो कुरा बताएकी हुन् ।
    सहमति कार्यान्वयन नभएसम्म पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिन पार्टीले कुनै आग्रह समेत नगर्ने उल्लेख गर्दै उनले एकिकृत नेकपा माओबादीले सहमती कार्यान्वयन गरे उम्मेदवारी फिर्ता हुने उल्लेख गरिन् । सत्ता र कुर्सीका लागि नेपाली कांग्रेस कहिल्यै लागेन उपप्रधानमन्त्रि कोइरालाले भनिन् ः सहमती कार्यान्वयनकालागी मात्रै यो उम्मेदवारी कायम राखेको हो ।     
    यस्तै उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले तिहारपछि मुलुकले निकाश पाउने बताएकी छन् । मुख्य तीन दल सहमतिको नजिक पुगेको तर्क गर्दै तिहारपछि मुलुकले निकास पाउने दाबी गरेकी हुन् ।
    मुख्य तिनदल सहमतीको नजिक पुगेका छन् , अब चाँडै मुलुकले निकाश पाउँछ , उनले भनिन् । सहमतीका लागी नेपाली कांग्रेस , नेकपा माओबादी र एमाले बीच भइरहेका प्रयास सकारात्मक दिशातर्फ अघि बढिरहेको बताउँदै उनले शान्ति र संविधान निर्माणका लागि नेपाली कांग्रेसले जस्तोसुकै त्याग गर्ने बताइन् ।
    शान्ति र संविधान निर्माणको विपरित कुनैपनि शर्तमा नेपाली कांग्रेसले कसैसँग सम्झौता नगर्ने धारणा ब्यक्त गर्दै उनले यसका लागी तिन दल वीच सहमती, सहकार्य र एकताको विकल्प नभएको जिकीर समेत गरिन् । उनले भनिन् ः कांग्रेसको मूल एजेण्डा भनेकै शान्ति र संविधान हो ,यसकालागी नेपाली कांग्रेसले जुनसुकै मूल्य चुकाउन तयार छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %