भन्सार छलिको लाखौंको समान बरामद

Read Time:2 Minute, 20 Second

मोरङ, १७ कार्तिक

मोरङका छुट्टाछुट्टै स्थानबाट भन्सार छलि भित्र्याइएको लाखौंको समान बरामद भएको छ ।
    भारतीय बजारबाट भन्सार छलेर अबैध रुपमा नेपाल भित्र्याइएको २ लाख रुपैया भन्दा बढी मुल्यका सामाग्री बरामद भएका हुन् । प्रहरीका अनुशार बुधबार दिँउसो मोरङको पथरीबाट एकलाख मुल्य बराबरको र मंगलबार राति बिराटनरमा सोही अनुपातको सामाग्री बरामद भएको हो ।
    अबैध तवरबाट भन्सार छलेर ल्याउदै गरेको एक लाख
मूल्य बराबरको लत्ता कपडा प्रहरीले मोरङ पथरीबाट बरामद गरेको हो । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प शनिश्चरेबाट खटिएको टोलिले पुर्वपश्चिम राजमार्गमा चेक जाचँको क्रममा  साडी, सर्ट, कुर्ता सलवार तथा तिहारको लागि रुमाल लगाएको कपडा बरामद गरेको हो । स्थानीय ब्यापारीले यसरी लगेको सामाग्री प्रहरीले बरामद गरेपनि सामानको लैजाने दुई महिलालाई भने प्रहरीले केहीबेरको नियन्त्रणपछि छोडेको छ ।
    यसैबिच सशस्त्र प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको करिब एक लाख रुपैंया बराबरका सामान विराटनगरका विभिन्न स्थानवाट बरामद गरेको छ । भारतिय बजार जोगवनीवाट खरिद गरी विभिन्न स्थानवाट भन्सार छलेर भित्र्याउँदै
गर्दा सशस्त्र प्रहरीको टोलीले मंगलबार साँझ कपडा, स्टीलका भाँडा र टायर बरामद
गरेको सिमा सुरक्षा बल मोरङका सशस्त्र प्रहरी उपरिक्षक चिरञ्जीवी कुँवरले
जानकारी दिए । बरामद गरीएको सामाग्री विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ । केही समययता यसरी दिनँहु जसो लाखौं मुल्य बराबरका भन्सार छलि गरेका सामग्री बरामद हुँदै आएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %