परिवर्तन तुहाउने षड्यन्त्रमा काँग्रेस : ज्ञवाली

Read Time:1 Minute, 58 Second

दाङ १८ कार्तिक 

नेकपा एमालेका सचिव तथा सचिवालय सचिव युवराज ज्ञवालीले काँग्रेसले अहिलेसम्म भएका सबै राजनीतिक उपलव्धिहरु तुहाउने षड्यन्त्रमा लागेको अरोप लगाएका छन् । प्रेस चौतारी दाङले बिहीवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले यस्तो आरोप लगाएका हुन । ‘हामीले गम्भीर भएर काँग्रेसका गतिविधिहरु हेरि रहेका छौं, काँग्रेस राजनीतिक निकासको बाधक बनेर अहिलेसम्म भएका सबै उपलव्धिहरु तुहाउने षड्यन्त्रमा लागेका छ’ उनले थपे ‘यदि काँग्रेस मुलुकको संकट टार्न चाहन्थ्यो भने नयाँ बाटोमा आउने थियो, काँग्रेसको जवरजस्तीको राजनीतिले यही संकेत गरिरहेको छ ।’
    कम्युनिष्टलाई अघि बढ्न नदिने काँग्रेसको षड्यन्त्र अनुरुप काँग्रेसका पछिल्ला गतिविदिहरु अगाडि आएको चर्चा गर्दै उनले माओवादी र एमालेलाई लडाएर काँग्रेसले आफ्नो स्वार्थलाई साकार पार्न खोजेको भएपनि एमालेले त्यसतो हुन नदिने वताए । ‘काँग्रेसले कम्युनिष्टलाई लडाएर आफ्नो राजनीति सुधार्ने रणनीति अंगाल्दा देशमा समस्या भएको छ, कम्युनिष्टलाई दवाएरै ठिक पार्नुपर्छ भन्ने काँग्रेसको सोचका कारण माओवादी युद्ध जन्मेको हो, अहिलेसम्म यही सोच रहँदा देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको छ’ उनले थपे ‘तर एमाले काँग्रेसलगायत हुन नसकेको उनको भनाइ छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %