इटहरी, १८ कातिक सुनसरीको खनार र मोरङको इन्द्रपुरमा आज बिहान भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अरू दुईजना गम्भीर घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार मोरङको इन्द्रपुृरमा ट्याक्टरले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा वेलवारी–३ का ३४ वर्षीय नवीन बिकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार वेलवारी–२ का विकास श्रेष्ठको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
यसैगरी, सुनसरीको खनारमा मोटरसाइकलले ठक्कर दिँदा विराटनगर उपमहानगरपालिका– १८ की ११ वर्षीया सोनाम सुनवार गम्भीर घाइते भएकी छन् ।
रासस
