चितवन (रत्ननगर), १८ कात्तिक
जिल्लाको चण्डीभञ्याङमा आज बिहान टिपर दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको टिपर उक्त स्थानमा दुर्घटना हुँदा पोखराका ४९ वर्षीय आसबहादुर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका टिपरका सहचालक राजकुमार लामाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, माडीस्थित मिलका कामदारको फितामा बेरिएर मृत्यु भएको छ ।
रासस