काठमाडौँ, १७ कात्तिक
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष बाबुराम भट्टराईले यही कात्तिक २० गते साँझसम्म ठूला तीन दलबीच सहमति कायम भई राष्ट्रिय संयुक्त सरकार निर्माणका लागि टुङ्गो लाग्ने सम्भावना रहेको बताएका छन्
राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र, नेपालद्वारा आज यहाँ नेपाल संवत् ११३१ को उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले तीन दलका तर्फबाट पाँच÷ पाँच नेताको सहभागितामा कात्तिक १९ र २० गते हुने बैठकले त्यसको निर्णय गर्ने सम्भावना रहेको बताए ।
उपाध्यक्ष भट्टराईले मुलुकमा विद्यमान समस्याको समाधान गर्नका लागि यथाशक्य नयाँ सविधान निर्माण गर्नुपर्ने भएकाले राष्ट्रिय संयुक्त सरकार निर्माणको आवश्यकता आँैल्याए
उपाध्यक्ष भट्टराईले शान्ति, संविधान र राष्ट्रिय सरकारको गठनको आधार तयार भएपछि बजेटको समस्या पनि समाधान हुने विश्वास व्यक्त गरे ।
सभासद् हिसिला यमीले नेपाल संवत्ले सम्पूर्ण जनतामा सबैखाले उत्पीडन र भेदभावको अन्त गरी समतामूलक समाजको विकास गर्ने धारणा व्यक्त गरे ।