शान्तिप्रक्रिया कागजमा मात्र सीमित : सिटौला

Read Time:2 Minute, 6 Second

कैलाली, १७ कात्तिक 

नेपाली कांँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेसम्म शान्तिप्रक्रिया कागजमा मात्र सिमित रहेको बताएका छन् ।

आज पे्रस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ‘संविधानसभाको अढाई वर्षको अवधिमा शान्ति प्रक्रियाको विषयमा एकदिन छलफल भएको छैन भने  ।

शान्तिप्रक्रियाको काम अगाडि नबढेसम्म संविधान पनि बन्न नसक्ने ठोकुवा गर्दै उहाँले भन्नुभयो– शान्तिप्रक्रियाको कार्यान्वयन पहिलो एजेण्डा र त्यसपछि मात्र क्रमशः नयाँ संविधानको निर्माण र सत्ता साझेदारीका विषय हुन् ।’

प्रधानमन्त्री माधव नेपालले राजीनामा दिनेवित्तिकै सहमति हुन्छ भनेर एमाले भित्रबाटै आवाज आएपनि कांँग्रेसले विश्वास नगरेको प्रसङ्ग उल्लेख गर्दै आज त्यो सावित भएको बताए ।

उहाँले काँग्रेसले अघि सारेका चारबुँदामा सहमति भएपछि मात्र नेकाले प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिने बताउँदै खाली सत्ताको खेललाई प्रमुख एजेण्डा बनाएर नेपाली कांग्रेस नजाने बताए  ।

नेता सिटौलाले सहमतिको बाधक एमाओवादी नै रहेकोले स्पष्ट पार्दै ंसबै मिले मात्र शान्तिप्रक्रिया पूरा हुने र जनताको चाहना अनुसार मुलुक अगाडि बढ्ने छ ।’ उहाँले पार्टीभित्र अब कुनै विवाद नरहेको बताउदै दुईसातामै अन्य पदाधिकारी पूरा हुने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %