लुटेराले गोली चलाएर दिउँसै राजधानीवाट नगद लुटे

    काठमाडौं, १७ कात्तिक 

आज दिउँसो राजधानीको त्रिदेवीमार्गमा सुन्दरीजल निवासी निमा लामामाथि तीन÷चारजनाको समूहले गोली प्रहार गरी रु एक लाख र युरो नौसय लुटी फरार भएको छ ।

    सडकमा हिँडिरहेको अवस्थामा उक्त समूहले लामामाथि गोली प्रहार गरी सो रकम लुटी फरार भएको प्रहरी प्रभाग लैनचौरले बताएको छ ।
    
    लुटेराको खोजी भइरहेको र हालसम्म फेला नपरेको प्रभागले जनाएकोे छ ।

    घाइते लामाको मनमोहन मेमोरियल अस्पतालमा उपचारार्थ लगिएकामा सो अस्पतालमा उपचार हुन नसकेपछि हाल वीर अस्पतालमा उपचार भइरहेको र उहाँ बोल्नसक्ने अवस्थामा रहनुभएको प्रभागले राससलाई जनाएको छ ।
 रासस