म्याकेजमा सहमति भए माओवादीकै नेतृत्वमा सरकार : उपप्रधानमन्त्री कोइराला

Read Time:1 Minute, 31 Second

विराटनगर, १७ कात्तिक 

उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले शान्ति र संविधान सुनिश्चित हुने गरी  प्याकेजमा सहमति भए एकीकृत नेकपा माओवादीकै नेतृत्वमा सरकार बनेमा नेपाली काँग्रेसलाई आपत्ति नहुने बताएकी छन्  ।

    विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँंदै उनले शान्ति र संविधानका लागि नेपाली काँग्रेस जस्तोसुकै त्याग गर्न तयार रहेको प्रष्ट पारिन  ।

    उनले नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पदका लागि दिएको उम्मेदवारी सत्ता र कुर्सीका लागि नभई नेपाली जनताले पाएका उपलब्धिहरुको रक्षाका लागि हो भन्दै थपिएको समय सीमामा पनि संविधान बन्न नसके निश्चित रुपमा मुलुक दुर्घटना पर्नेछ उनले भनिन ।

    उपप्रधानमन्त्री कोइरालाले राजनीतिक दलहरुले आ–आफ्नो हठलाई छाडेर सहमतिमा आउनुपर्ने र यसैको माध्यमबाट लोकतन्त्रको जग बस्ने धारणा व्यक्त पनि व्यक्त गरिन ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %