नागरिकता केन्द्रवाटै दिइने

काठमाडौँ, १७ कात्तिक 

संविधान निर्माणका लागि उच्चस्तरीय राजनीतिक कार्यदलको आज सिंहदरवारमा बसेको बैठकले नागरिकलाई केन्द्रबाटै एकल नागरिकता दिने बारेमा सहमति जनाएको छ ।

    मौलिक अधिकार तथा राज्यका निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमाथिको छलफलमा प्रान्तिक पहिचानसहित कुनै पनि नेपालीलाई नागरिकताबाट वन्चित नगरी केन्द्रबाटै नागरिकता प्रमाणपत्र दिनु पर्ने बारेमा दलका नेताहरु सहमति नजिक पुग्नु भएको छ ।

एकल नागरिकताको बारेमा व्यापकरुपमा छलफल भएको तर निर्णय भइनसकेको कुरा कार्यदलका सदस्य रमेश लेखकले बताउनुभयो  । भोलि बिहान बैठक बसी यस बिषयमा टुङ्गो लगाइने बताइएको छ ।

सो कार्यदलले हिजो सरकारी कामकाजको भाषा देवनागरी नेपाली राख्ने निर्णय गरेको थियो ।

कार्यदलको म्याद भोलि कात्तिक १८ गते सम्मका लागि संविधानसभाका राजनीतिक दलहरुबाट तोकिएको छ ।

 

 

 

 

रासस