प्रहरीलाई छुरा प्रहार गर्ने चारजना पक्राउ

Read Time:1 Minute, 15 Second

काठमाडौँ, १६ कात्तिक 

महानगरीय प्रहरी प्रभाग गौशालामा कार्यरत प्रहरी जवान धनबहादुर घिसिङलाई छुरा प्रहार गरी फरार रहेका चारजनालाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको छ ।
    
    यही कात्तिक १४ गते उनीहरुले नयाँबानेश्वरस्थित रत्नराज्य मदन भण्डारी स्कुलनजिकै स्थानीय युवाको समूहबीच सामान्य झै–झगडा हुँदा सोही स्थानबाट हिँडिरहेका महानगरीय प्रहरी प्रभाग गौशालामा कार्यरत प्रहरी जवान घिसिङलाई छुरा प्रहार गरी भागेका थिए ।

    पक्राउ पर्नेहरुमा हाल कपनमा बस्दै ओखलढुङ्गाका किशोर कार्की, सिराहाका हरिबहादुर मगर, खोटाङका साङ्गे शेर्पा र सिन्धुपाल्चोकका पवन न्यौपाने रहेका छन् ।

    उनीहरुलाई अहिले महानगरीय प्रहरी परिसरमा थप अनुसन्धानका लागि पठाइएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %