दाङ , १६ कात्तिक
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जारी राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ शिराबाट निकास खोज्नका लागि प्रक्रिया सुरु भएको बताएकाछन् ।
आज दाङको तुलसीपुरमा प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्द उहाँले घटनाक्रमले नयाँ मोड लिइसकेको अवस्थामा नयाँ शिराबाट सहमति गर्न आवश्यक छ भने ।
राजनीतिक निकासका लागि प्रधानमन्त्री निर्वाचन सम्बन्धी नियमावली संशोधन गरी निकास निकाल्न एकीकृत नेकपा माओवादी र एमालेबीच छलफल सुरु भइसकेको खुलासा गरे ।
उनले एमाले र माओवादी सभासद् मिलाउँदा नियमावली संशोधनका लागि आवश्यक बहुमत पुग्ने दाबी गरे ।
नेपाली काँग्रेसले समहतिका लागि हठ नत्यागेका कारण अब त्यही संशोधित नियमावलीमार्फत काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको प्रधानमन्त्रीको उम्मेदवारी खारेजी हुने जिकिर गरे ।
छिमेकी दुई देशसँग सन्तुलित त वैदेशिक सम्बन्ध स्थापना गर्नसके मुलुकमा चौतर्फी विकास हुने उनको सुझाव थियो ।
जारी शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन राष्ट्रिय सहमतिको विकल्प नरहेको चर्चा गर्दै पटकपटक पराजीत हुँदा पनि काँग्रेसले उम्मेदवारी फिर्ता नलिनु नै सहमतिको मुख्य बाधक रहेको जिकिर गरे ।
नेता गौतमले भने– पहिले त्यसको बाधक एकीकृत नेकपा (माओवादी) थियो, अहिले काँग्रेस सहमतिको बाधक छ, यसको समाधान तीनवटा दलहरुले आफैँ खोज्नुपर्छ ।
रासस