परासी, १६ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको तमसरिया–५ मा गएराति भएको सवारी दुर्घटना परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
पश्चिबाट पूर्वतर्फ द्रुतगतिमा आइरहेकोे मोटरसाइकल ट्रकमा ठोक्किदा मोटरसाइकलचालक कावसोती थकालीचोकका ३२ वर्षीय मानप्रसाद सिंह ठकुरीको घटनास्थमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट ट्रकचालक र सहचालकसमेत घाइते भएका छन् । उनीहरूको कावसोतीस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । उनीहरू दुवै जना ट्रकमा फलफूल लोड गरिरहेका थिए ।
रासस