संसदीय समितिद्धारा डेंगुको अनुगमन

Read Time:3 Minute, 15 Second

काठमाडौँ, १५ कात्तिक 

डेङ्गु रोगको नियन्त्रणका विषयमा अस्पतालले के–कस्ता कार्य गरिरहेका छन् भन्नेबारेमा संसदीय टोलीले आज अनुगमन गरेको छ ।

टोलीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अनुगमन गरेको छ ।

    अनुगमनका क्रममा टोलीले सो अस्पतालका निर्देशकलगायतका व्यक्तिहरुबाट डेङ्गु नियन्त्रणका लागि अस्पतामा भइरहेको कुरा र त्यसका लागि सरकारले कस्ता कार्यहरु गर्नुपर्छ भन्नेबारे छलफल गरेको थियो ।

    छलफल क्रममा अहिले बजेटका कारण सम्पूर्ण कार्यहरु स्थागित भइरहेको र यसको सबैभन्दा ठूलो प्रभाव त्यस अस्पतालमा परेको महशुस गरी संसद्मा यसबारेमा कुरा उठाउने आश्वासन दिएका  थिए  ।

    सो अस्पतालमा निर्देशक डा सरोजप्रसाद राजेन्द्रले हाल टेकुमा ३२ जना डेङ्गुका बिरामी भर्ना भई उपचार भइरहेको जानकारी दिँदै अहिले नेपालभरि करिब ६०० को हाराहारीमा डेङ्गुका बिरामी रहेको बताए  ।

    उनँले अहिले नेपालको बुटवल, रुपन्देही, बारा पर्सालगायतका नौ जिल्लामा बढी शङ्क्रमित भएको बताए ।

    अहिले कोरिया जाने कामदारको दैनिक ७२ जनाको स्वास्थ परीक्षणका गर्नुपरिरहेको र पर्याप्त जनशक्ति नभएको अवस्थामा डेङ्गुका बिरामीलाई विषेष ध्यान दिन नसकेको उनले  जानकारी दिए ।

    स्वास्थ्यसेवा विभागका महानिर्देशक यशोवर्धन प्रधानले बजेटको अभावमा जिल्ला–जिल्लमा डेङ्गो नियन्त्रणका लागि व्यवस्थापनका लागि वजेट अभाव भएको बताउँदै यसका लागि आवश्यक व्यवस्थाका लागि पहल गर्नु पर्ने धारणा राखे  ।

    त्यसैगरी सो अस्पतालका प्रवक्ता वासुदेव पाण्डेले रोग नियन्त्रणका लागि आफूहरुले सक्दो प्रयास गरिरहेको र यसका लागि जनचेतना जगाउनुपर्ने आवश्यकता भएको बताए  ।

    उनले डेङ्गुको भाइरस चार प्रकारको भएको र चारै प्रकारको भाइरस नेपालमा देखिसकेकाले तत्काल नियन्त्रणका लागि राज्यले केही पहल गर्नुपर्ने विचार व्यक्त गरे  ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रविण मिश्रले मन्त्रालयबाट डेङ्गु नियन्त्रणका लागि हुनसक्ने सम्पूर्ण कार्य गर्नका लागि मन्त्रालय तयार भएको तर यसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मात्र केही गर्न नसक्ने भएकाले महानगरपालिका लगायत अन्य क्षेत्रले पनि यसमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %